विभाजन गर्न नभई पहिचान झल्काउन गुरुङ भाषामा सपथ लिएः सांसद गुरुङ

पाेखरा | पुस १४, २०७९

विभाजन गर्न नभई पहिचान झल्काउन गुरुङ भाषामा सपथ लिएः सांसद गुरुङ

पोखराः  गण्डकी प्रदेश सभामा मातृभाषामा सपथ ग्रहण गर्ने दुई महिला र एक पुरुष थिए । मातृभाषामा सपथ ग्रहण गर्ने तीनै जना सांसद समानुपातिक सूचीबाट आएका हुन् । 


आदिवासी जनजाति कोटाबाट गण्डकी प्रदेश सभामा समानुपातिक सांसद बनेका गुरुङसँगै पार्वती तामाङ र राप्रपाबाट सांसद बनेका पन्चराम गुरुङले मातृभाषमा सपथ लिए । 


मातृभाषामा सपथगरेपछि सुनगाभा न्यूजसँगै बोल्दै सांसद सरस्वती गुरुङले कसैलाई विभाजन गर्न नभई आफ्नो जातिको पहिचान संरक्षण गर्न गुरुङ भाषामा सपथ ग्रहण गरेको प्रतिक्रिया दिइन् ।

 
‘मलाई गर्व लागेको छ, म जुन भाषाबाट हुर्के, मेरो पहिलो पाठशाला, गुरुआमा, परिवारले पहिलो भाषा नै ‘चमी’ भनेर बोलाउनुभयो, सांसद गुरुङले कांग्रेस नेता भिमबहादुर तामाङलाई सम्झिदै भनिन्,‘ विभाजन गर्न होइन कि पहिचान भेटाउन भन्ने सन्देश दिन गुरुङ भाषामा सपथ लिएको हुँ ।’


उनले आफ्नो समुदायको पहिचान झल्काउन मातृभाषामा सपथ लिएको दोहोर्याइन् । ‘विविधतामा एकता छ भन्ने सन्देश प्रवाह गर्न पनि आफ्नो समुदायका सांसदहरु जातिय पोशाकमा आउनुभएको छ, उनले भनिन्, ‘आफ्नो जातिको पोशाक लगाउँदै ठुलो जाति हुन्छ भन्ने हुँदैन सबैको समान हक अधिकार छ भन्ने सन्देश प्रवाह गर्न पनि जातिय पोशाक र भाषामा सपथ लिएको हो ।’


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्